प्रभात दिदीबहिनी साकोस् चितवन जिल्लाको सदरमुकाम भरतपुरका २८ जना सक्रिय महिला दिदीबहिनीहरुको सक्रियतामा २८,०००(अठ्ठाइस हजार) पुँजीवाट २०५२ सालमा स्थापना भएको सहकारी संस्था हो ।
समुदायको आर्थिक समुन्नाती सामाजिक तथा सांस्कृतिक रुपान्तररण का लागि महिलाहरु पनि संगठित हुन जरुरी छ र समाजमै रहेका साना पुँजीहरुलाई एकीकृत गरी परिचालन गर्दा नै वित्तीय आवश्यकता परिपुर्ति गर्न सकिन्छ भन्ने उदेश्यका साथ संस्थाले विकास र विस्तार गर्दै आइरहेको छ ।