प्रभात दिदीबहिनी सहकारीको परिचय

समुदायमा छरिएर रहेको स्रोत र साधनलाई एकिकृत गरी समुदायको वित्तिय आवश्यकतालाई स्थायी रुपमा परिपूर्ति गर्न सहकारीहरुको प्रर्वद्धन, सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक आदि क्षेत्रमा विकास गरी सदस्यहरुको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले चितवन जिल्लामा विभिन्न कार्यक्रम तथा गतिविधिहरु समावेश गरी ४ वर्षे रणनीति योजना तयार गरी सोहि बमोजिम संस्थालाई उच्चतम विन्दुमा पुर्याउने आकांक्षा साथ लागि परेका छौ । नेपालमा संस्थाको छवि स्थापित गरी व्यवसायिक रुपमा अगाडि बढाउन ४ वर्षे रणनीतिक योजना तयार पारिएको छ । प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी स्थापना गरिएको हो ।

समान आर्थिक एवं सामाजिक आवश्यकता परिपूर्ती गर्न २०५२ माघ ६ गते भरतपुर नगरपालीका क्षेत्र भित्र रहेका गृहणी, कामकाजी उत्सुक एवं जागरुक महिलाहरुको सक्रियतामा सहकारी संस्था स्थापना गर्न भेला भई सोही भेलाले प्रभात महिला बचत तथा ऋण सहकारी संस्था स्थापना गर्ने निर्णय भए बमोजीम २०५२ साल माघ २६ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुर चितवनमा २८ सदस्य रहेको संस्था दर्ता गरी वैधानिकता प्राप्त गरेको थियो ।

२०७३ साल असोज १ गते प्रभात महिला बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर १२ र २०६६ साल असोज ६ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुर चितवनमा दर्ता भएको दिदीबहिनी उपभोक्ता सहकारी संस्था लिं.भरतपुर ९ र ०७६ साल भाद्र २१ गते शक्तिखोर महिला बचत तथा ऋण सहकारी संस्था बिच दुई महिला सहकारी एक आपसमा एकिकरण भइ प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लि. नामाकरण भएको छ ।

हाल संस्था २७ वर्षको युवा अवस्थामा आईसकेको छ । नेपालको संविधान २०७२ ले सहकारीलाई ३ खम्बे अर्थ नितिमा एउटा महत्वपूर्ण खम्बा स्वीकार्नुका साथै हालको अवस्थामा सहकारी ग्रामिण क्षेत्रको विकासमा एकमात्र विकल्पको रुपमा राखेको छ ।यसको भुमिका र लोकप्रियतालाई उपलब्धीका रुपमा हेर्न सकिन्छ ।यस अवस्थासम्म आइपुग्दा संस्थामा अझ बढी सुझबुझ एंव प्रतिस्पर्धात्मक कार्यशौलीको आवश्यकता महसुश गरिएको छ । हाल संस्था नेफस्कून द्धारा संचालित पूर्ण तथा व्यवसायिक साकोस प्रोबेशन BRAND कार्यक्रममा सहभागि भई ब्राण्ड प्राप्त गर्न लागिरहेका छौ । हामिले हालसम्म प्राप्त गरेका उपलब्धीलाई अनुभवको रुपमा राख्दै आगामी तीन वर्षको लागि संस्थाले कस्तो किसिमको उद्देश्यहरु राखी कार्यक्रमहरु तयार गर्ने भन्ने विषयमा यो तीन वर्षे रणनितिक योजना तयार गरेका छौ । यसले संस्थालाई निरन्तर चलायमान रहन एवं प्रतिस्पर्धी भई आफ्नो छवीलाई देशमै अगाडि ल्याउन मद्दत पुग्ने आशा राखेका छौ ।

क) संस्था गठन गर्ने प्रेरणाको स्रोत:
प्रभात महिला बचत तथा ऋण सहकारी संस्था लि. वि.सं. २०५२ सालमा नारायणी अञ्चलकोचितवनजिल्ला भरतपुर नगरपालिका वडा नं. १०, ११ र १२ का २८ जना जागरुक महिलाहरुले मासिक रु.१००।– बचत गर्न शुरु गरी रु.२८,०००।– शेयर रकमबाट सञ्चालन भई २०५२ साल माघ २६ गते सहकारी ऐन २०४८, नियमावली २०४९ बमोजिम विधिवत् रुपमा तत्कालिन जिल्ला सहकारी कार्यालय हालको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनमा दर्ता नं. ५७÷०५२÷०५३ मा दर्ता भई समुदायमा कार्य गर्ने उद्देश्यले स्थापना भएको सहकारी संस्था हो ।

संस्था स्थापनाका लागि केही व्यक्तित्वहरुवाट प्रेरणादायी भुमिका निर्वाह गर्नु भएकोे थियो । तत्कालिन अवस्थामा संस्थामा सदस्य बनाउन अत्यन्त कठिन थियो । महिलाहरुको बचत प्रति खासै आकर्षण थिएन, विश्वासको कमि थियो । आर्थिक सक्षमता, नेतृत्व विकास, सामाजिक पहिचानको स्तर न्यून तहमा थियो । २०६४ को असार मसान्तसम्म आइपुग्दा पनि संस्थामा जम्मा २३३जना शेयर सदस्य मात्र थिए । २०५६÷०५७ मा संस्थामा भएको आर्थिक हिनामिनाले संस्थालाई कमजोर बनाएको थियो । त्यस समयमा सदस्यहरु धमाधम संस्थाबाट निस्कदा रोकेर राख्न कठिनाई परेको थियो भने २०६४ मा संस्थाले सदस्यता वृद्धिका लागि गरेको प्रयत्न स्वरुप पुुःन ३ वर्षमा ६०० सदस्य पु¥याई हाल ४१३४ को साझा चौतारी बन्न सफल भएको छ । चितवन जिल्लामा हामि नै पहिलो पटक दुई महिला सहकारी एक आपसमा एकिकरण हुन सफल भएका छौ । संस्थालाई व्यावसायिक बनाउने प्रयत्नहरू ग¥यौ, र हाम्रो विगतको सिद्धान्त “गर्दै जाँउ, सिक्दै जाँउ, सिक्दै जाँउ, गर्दै जाँउ”अनुसार हामी पूर्णरूपमा संस्थाको उन्नती र प्रगतीमा एकबद्ध भयौै ।२०७१ साल देखि संस्था प्रोवेशन कार्यक्रममा सहभागी भएको र उक्त कार्यक्रममा सहभागी पश्चात संस्थाले आफ्नो कार्यक्रममा सापेक्षीत परिवर्तन ल्याएको छ ।

संस्थाका विभिन्न PEARLS र HIMAL का सूचाङ्कहरूमा सकरात्मक परिवर्तन भएका छन्, हाम्रो व्यवसाय बढेको छ ।संस्था सदस्यमैत्री बनेको छ । यस क्रममा वर्तमान सञ्चालक समितिका साथीहरू, सल्लाहकारज्यूहरू, र विभिन्न समिति तथा उप—समितिका पदाधिकारीहरू र कर्मचारी मित्रहरू दृढताका साथ लागि परिरहनु भएको छ । रातदिन संस्थाको कार्यक्रमका बारेमा चिन्तन गर्ने र कार्य गर्ने प्रवृत्ति बढेको छ, संस्थालाई कसरी अग्रगामी बनाउन सकिन्छ भन्ने चिन्तन मौलाएको छ, परिवर्तनको प्रत्याभूति सुरु भएको छ । संस्थाले २०७४ र २०७५ मा प्रोबेशन BRAND प्राप्त गरेको छ यस संस्थाले आफ्ना कार्यक्रमहरुलाई दिगो, बलियो र भरपर्दो बनाउनका लागी एसियाली ऋण महांसंघद्वारा विकास गरिएको तथा नेफ्स्कुनको प्राविधिक सहयोगमा संचालित एक्सेस ब्राण्डमा सहभागी हुन २०७५।०१।१० गते नेफ्स्कुनसंग सम्झौता गरि एक्सेसको नियम अनुसार कार्य प्रक्रिया अगाडी बढाउदैं आएको छ ।

यस अबधीमा उक्त कार्यक्रममा सफलता प्राप्त गरि एसियाली स्तरको ब्राण्ड प्राप्त गर्नु संस्थाको मुख्य कार्यभार रहेको छ । उक्त ब्राण्ड प्राप्त गर्ने गरी विभिन्न रणनितीहरु अवम्बन गर्दै ४ बर्षे व्यावसायीक रणनैतिक योजना निर्माण गरिएको छ यस अवधिमा जिल्ला बचत संघ, जिल्ला सहकारी संघ ,नेप्स्कुन तथा प्रदेश ३ सामाजिक बिकास मन्त्रालयबाट चितवन जिल्लाको उत्कृष्ट महिला सहकारीकोरुपमा रु २००,०००। दूई लाख नगद सहिद सम्मान गरेको थियो । हुने खानेको पैसा हुँदा खानेमा पु¥याई सो बर्गलाई उचित प्रतिफल र हुदाँ खानेलाई हुने खाने बनाउने महान अभियानका साथ समाज तथा व्यक्तिमा रहेको पूँजि एकिकृत गर्दै यस संस्थाले देशको सर्वाङ्गीण विकासमा सहयोग पु¥याउने र संलग्न व्यक्तिहरुको आत्मसम्मानमा वृद्घि ल्याउनुपर्दछ भन्ने मान्यताका साथ आफ्ना कार्यहरु अगाडि वढाईरहेको छ ।

साथै संयुक्त राष्ट्रसंघले सन् २०१६ देखि २०३० लाई दिगो विकास लक्ष्य र गन्तव्य (क्म्न्) ले अबलम्बन गरेका मानव जीवनको विकाससँग सम्बन्धित १७ वटा लक्ष्यहरु प्राप्तीका लागी यो योजना अबधिमा प्राथमिकता साथ अगाडि बढाईएको छ ।

This will close in 0 seconds