‘‘गुणस्तरीय सेवा प्रदायक प्रतिस्पर्धि दिगो वित्तीय सहकारी संस्था’’
परिकल्पनाको संक्षिप्त विवरण
१. गुणस्तरिय :
कार्यक्षेत्र भित्र संस्थाको पहँुचविस्तार गर्न पालिका स्तरमा सदस्यता वृद्धि गरिनेछ । सदस्यहरुलाई सेवा पु¥याउन घरदैलो सेवा सुचारु गरिनेछ । अन्य वित्तिय सहकारीहरुसँग एकिकरणको प्रयास गरिनेछ । सदस्यहरुको आवश्यकता अनुसार उद्देश्यमा आधारित उत्पादन तथा सेवाको विकास गरिने छ । उत्पादन तथा सेवाको प्रतिक्रिया बुझ्न सदस्य चाहना वा सदस्य सन्तुष्टिको सर्वेक्षण गरिने छ । उत्पादन तथा सेवाहरुकोउपकरण र बजार सामाग्रीको निर्माण गरिने छ । संस्थाको दर्शनीय पहिचानको लागि प्रतिक विशिष्टताको प्रयोग गरिने छ । सदस्यको पहुँच र सुविधाको वृद्धि गर्न विभिन्न कार्यहरु सञ्चालन गरिने छ । असल सदस्यहरुलाई सम्मान तथा पुरस्कारको व्यवस्था गरिने छ । सदस्यहरुको बारे ज्ञान प्राप्त गर्ने तथा गुनासोसुनुवाई गर्ने कार्य गरिने छ । सदस्यहरुसँग नजिकको सम्बन्ध कायम गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने छ । संस्थाको कार्यलयमा आउने सदस्यहरुको विशेष हेरचाह गरिने छ । सदस्य सहभागिता तथा सेवामा सहभागिताको स्तर वृद्धि गरिने छ । सदस्यहरुलाई सूचना र संचार प्रदान गरिने छ । सदस्यहरुलाई ज्ञान तथा सीप विकास गर्न शिक्षा तथा तालिमको व्यवस्था गरिने छ । सदस्य लाभ तथा सेवाका कार्यक्रमहरु सञ्चालन गरिने छ । संस्थालाई पूर्णरुपमा समुदायमा केन्द्रित गरिनेछ ।कार्यक्षेत्रको सम्पूर्ण भागमा सदस्यहरुको पहुँच सुविधा पुयाइनेछ । ।सदस्यहरुलाई एटिएम तथा अन्य प्रबिधिद्वारा सेवा पुयाईने छ ।सदस्य शिक्षाका कार्यक्रमहरु संचालन गरिने छ ।

२. प्रतिस्पर्धि
संस्थालाई पूर्ण रुपमा व्यवसायिक बनाउन नीति, विधि र प्रविधिमा सञ्चान गरिने छ । यसका लागि विनियम संशोधन, नीतिहरुको निर्माण, कार्यविधि तथा निर्देशिकाहरु को निर्माण गरिने छ । संस्थालाई योजनावद्ध ढंगबाट सञ्चालन गर्न रणनीतिक तथा व्यवसायिक योजना, वार्षिक योजना तथा बजेटको निर्माण गरी मासिक योजना तथा बजेट बनाई कार्यान्वयन गरिने छ । व्यापक रुपमा सदस्यता विस्तार गरिने छ । कर्मचारीहरुको उत्पादकत्वमा वृद्धि गरी आवश्यकता अनुसार थप व्यवस्था गरी उनीहरुको क्षमताको विकास गर्दै पूर्ण रुपमा व्यवसायिक बनाइने छ। वित्तीय बजार अनुसार प्रतिस्पर्धी व्याजदर निर्धारण गरी उत्पादन तथा सेवाहरुको बजारीकरण गरिनेछ । संस्थालाई प्रविधियुक्त बनाउँदै सदस्य सेवालाई छिटो र छरितो सेवा प्रदान गर्न समय अनुसार प्रविधिको थप व्यवस्था गरिदै लगिने छ । संस्थाको आन्तरिक सूचना संचारलाई व्यवस्थित बनाउँदै लगिने छ । संस्थाका अभिलेखहरुको व्यवस्थापन र सुरक्षामा विशेष ध्यान दिइने छ । कार्यालय व्यवस्थापनलाई विशेष ध्यान दिंदै सरसफाइलाई ध्यान पु¥याइने छ । आवश्यकता अनुसार भौतिक सामग्रीको व्यवस्था गर्दै कार्यालयलाई व्यवस्थित गरिने छ ।संस्थामा आन्तरिक सुशासन कायम गर्न आन्तरिक लेखा परीक्षण र बाह्य लेखा परीक्षणमा विशेष ध्यान दिइने छ । साधाण सभा तथा बैठकहरु समयमा र नियमित रुपमा सञ्चालन गरिने छ । वित्तीय सुशासन तथा आन्तरिक नियान्त्रण प्रणालीलाई चुस्त राख्न विशेष ध्यान दिइने छ । साझेदारी र सहकार्यका कार्यहरु गर्दै सामाजिक उत्तरदायित्वका कार्यहरुमा ध्यान पु¥याइने छ । संस्थामा कानुनी संहिताको पूर्ण पालना गरिने छ ।सञ्चालक समिति र व्यवस्थापनको ज्ञान सीप र क्षमताको विकास गरिने छ ।
३. दिगो
संस्थाका वित्तीय सूचकाङ्कको स्तर निर्धारणगरिने छ । संस्थाको आन्तरिक कोष वृद्धि गर्न विभिन्न रणनीतिहरु अवलम्बन गरिने छ । संस्थाको संस्थागत पूँजी बृद्धि गर्न विशेष ध्यान पु¥याइने छ । सुरक्षित ऋण लगानीमा विशेष ध्यान पु¥याइने छ । भाखा नाघेको ऋण व्यवस्थापनमा ध्यान दिंदै पूर्ण रुपमा सुरक्षणको व्यवस्था गरिने छ । आय आर्जन नगर्ने सम्पत्तिको अनुपात मिलान गर्न यसको व्यवस्थापनमा विशेष ध्यान दिइने छ । तरलता व्यवस्थापनमा ध्यान दिंर्दै संस्थाका सम्पत्तिहरुको पूर्ण रुपमा सुरक्षा गरिने छ । संस्थाको मूनाफा वृद्धि गर्न वित्तीय व्यवस्थापनमा ध्यान दिदै कूल आय फरकता दर तथा फरकता दर वृद्धिमा विशेष ध्यान पु¥याइने छ ।
४. ध्येयः MISSION
सहकारी सिद्धान्तमा आधारित रही प्रबिधीयुक्त माध्यमबाट बित्तिय तथा गैर बित्तिय सेवा प्रदान गरी सदस्यहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक जीवनस्तर उकास्ने ।
५. मूल्यहरुः
सामुहिक कार्य : संस्थामा संचालक समिति, उप–समिती सदस्यहरु र कर्मचारीहरु मिलेर कार्य गरिने ।
जवाफदेहिता : गरेका राम्रा र नराम्रा सबै कामको सबैले सामुहिक एवं व्यक्तिगत रुपमा जिम्मा लिने ।
उत्तरदायित्व : सबै सरोकारवालाहरुले निष्ठा पूर्वक आ–आफ्नो भुमिका निर्वाह गर्दै जिम्मेवारी बहन गर्ने ।
ऐक्यबद्धता : सम्पूर्ण संचालक समिति, उप–समितिहरु, सदस्यहरु र कर्मचारीहरु बिच एक भै संस्था संचालन गर्ने ।
गोपनियता : सदस्यहरुको वित्तिय कारोबार, संस्थाका आन्तरिक समस्यहरु, संस्थाका महत्वपूर्ण अभिलेख तथा दस्तावेजहरुलाई गोप्य राखिने ।
व्यवसायिक : नीति विधि तथा प्रविधिद्धारा संस्था संचालन गर्ने संचालित र सदस्यहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने ।
ईमान्दारिता : संस्था संचालन गर्दा छलकपट नगरि संचालन गर्ने
सम्मानको संस्कृति : आफु भन्दा ठुलालाई मान मर्यादा राख्ने र असल काम गर्नेलाई पुरस्कारको व्यवस्था गर्ने ।
समयको पालना : ठिक समयमा ठिक कार्य गर्ने,
पारदर्शिता : संस्थाको भित्रि अबस्था जस्तो छ बाहिर त्यस्तै देखाउनु
६.उद्धेश्यहरु
सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक हितलाई ध्यानमा राखी देहाय बमोजिम संस्थाको उद्देश्यहरु हुनेछन् ।
१. संस्थामा संलग्न सदस्यहरुबीच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको भावना अभिबृृद्धि गराउने ।
२. नियमित रूपमा सदस्यहरुवाट निक्ष्ोप प्राप्त गरी नियमित बचत गर्ने बानीको बिकास गर्ने ।
३. सदस्यहरुलाई उत्पादनशिल एंव आयमुलक उद्देश्यका लागि उचीत व्याज दरमा ऋण प्रदान गर्ने ।
४. सदस्यहरुलाई आत्मनिर्भर तथा आत्मबिश्वास सम्बन्धी धारणा बारै उत्पेरीत गर्ने
५. सदस्यहरुलाई आय आर्जन क्षमता अभिबृद्धि गर्नका लागि आवश्यक जानकारी उपलव्ध गराउने।
६. सदस्यहरुका आर्थिक अवस्थामा सुधार गर्न सक्ने किसिमका अन्य कृयाकलापहरु संचालन अभिबृृद्धि गराई नियमित बचत गर्ने बार्नीे।
७. साधारण जनताको आर्थिक अवस्थाको बिकास र प्रवद्र्धनमा समर्पित राष्ट्र्यि तथा अन्र्तराष्ट्र्यि संगठनहरुको दांचोमा पुग्ने उद्देश्य लिई गठित केन्द्रिय संघको सदस्यता ग्रहण गर्ने ।
८. आफ्नो उद्देश्य पुरा गर्नको लागि समान उद्देश्य भएका स्थानिय ,क्षेत्रिय , राष्ट्र्यि र अन्तराष्ट्र्यि संस्थाहरु संग सहयोगात्मक भावना राख्न
९. सदस्यहरु तथा संस्थागत बिकासका लागि आय आर्जन परियोजना संचालन गर्ने ।
१०. समाजका कमजोर बर्ग र निम्न आय भएका व्यक्ती वा समुहको आर्थिक तथा सामाजिक उत्थानमा सहयोग पुरयाउने
११ सदस्यहरुको व्यक्तीगत एंव सामुहिक क्षमता अभिबृद्धि गरी स्वावलम्बी एंव आत्मनिर्भर समाजको निर्माणमा योगदान पुर्याउने ।
१२ सदस्यहरुको प्राथमिक आवश्यकता र आय आर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्र्यि पूजीको उपयोग गर्ने ।
१३ सदस्यहरुका दैनिक जिवनका बिभिन्न क्षेत्रमा संस्थागत सहयोग पुर्याउने खालका सेवा मुलक कार्यक्रमहरु संचालन गरी सहकारीताको महत्व स्थापित गर्ने ।
सदस्यहरुलाई व्यवसायी र उद्यमी बनाई उद्यम सिलताको बिकास गने