अन्य गैर वित्तीय सेवा

क्रिया खर्च
सदस्यका माता पिता श्रीमान श्रीमती छोरा छोरी बुहारी एकाघर परिवारको मृत्युमा समवेदना पत्र सहित भेटघाट गर्ने र सदस्यको मृत्युमा रु ५ हजार देखि १० सम्म को कृया खर्च उपलव्ध गरीने ।

सुत्केरी भेटघाट तथा पोषण सुबिधा
सेयर सदस्य भएको सुत्केरी भएमा माइतीको रुपमा भेट्न जाने र ३ वटा बच्चा सम्म पोषण वापत रु १००० र बच्चालाई न्यायो कपडा १ जोर उपलव्ध गराइने र बाल बचतको सुरुवात गर्ने कार्यक्रम ।

नयाँं बुहारी स्वागत कार्यक्रम
सस्थाका सेयर सदस्यका छोरा बैवाहिक जिवनमा बाधिंदा संस्थाको तर्फबाट बुहारी स्वागत तथा सेयर सदस्यता प्रदान गर्ने कार्यक्रम ।

रक्तदान कार्यक्रम
सदस्यहरु बिरामी भई रगत आवश्यक परेको बेलामा रगत उपलव्ध गराउने अभिप्रायले रक्तदान कार्यक्रमको आयोजना गरी रक्त संकलन गर्ने ।

आकस्मिक उपचारका लागि सुलभ ऋण
सदस्य वा सदस्यको एकाघर परिवार बिरामी भई उपचारको लागि पैसा नभएको अवस्थामा संस्थाले महिना सम्म बिना व्याज रु २० हजार उपचार का लागि तुरुन्त उपलव्ध हुने सुलभ ऋण।

जेष्ठ नागरिक तिर्थाटन कार्यक्रम
७० वर्ष माथिका सेयर सदस्य र जेष्ठ बचत सदस्य हरुलाई हरेक दुइवर्षमा तिर्थ भ्रमण लगिने कार्यक्रम ।

स्वास्थ्य परिक्षण
सेयर सदस्यहरुलाई हरेक वर्ष क्यान्सर जस्तो प्राण घातक रोगबाट बच्नका लागि क्यान्सर सम्बन्धी निशुल्क जांच तथा सचेतना कार्यक्रम संचालन गरिने।

शैक्षिक सुबिधा र सम्मान
सदस्यका छोरा छोरीहरुले दश जोड दुईमा उत्कृष्ट स्थान प्राप्त गरेको अवस्थामा २ जना लाई रु १ हजारका दरले उपलव्ध गराइने शैक्षिक सुबिधा र सम्मान ।

ज्येष्ठ नागरिक सम्मान
८० वर्ष उमेर पुगेका सेयर सदस्यका वावा आमा ,सासु ससुरालाई सम्मान गरिने ।

सदस्य बृद्धि सम्मान
५ जना सेयर सदस्य थप गर्ने सदस्यलाई सम्मान ।

This will close in 0 seconds